Post Pic

ग्याल्सुम्दो एक परिचय

नेपालको मनाङ जिल्लाको तल्लो भेक ताल डांडादेखि माथि र तलेखु गाउँदेखि तल अवस्थित चार गा.वि.स. क्रमश: धारापानी, थोंचे, ताचे-बगरछाप र चामेमा स्थायी बसोबास गर्ने नेपाली नागरिकको जमातलाई ग्याल्सुम्दोवासी जनाउँदछ । गुरुङ, घले, लामा र थकाली समुदायले ओगटेको यस क्षेत्रको मुखय धर्म बौद्ध धर्म हो । प्रत्येक वर्ष पारम्परिक चाडको रूपमा धच्याङ (तीर हान्ने पर्व) र लोसार (नयाँ वर्ष) धुमधामले मनाउने गर्दछ भने गुरुङ तथा घले जातिले दशैं र तिहार पर्व पनि मनाउँदै आएका छन् ।

Post Pic

ग्याल्सुम्दो सेवा संस्था, अमेरिका

पृष्ठभूमी र स्थापना

सन् २००४ अप्रिल महिनामा डा. ध्याग्याल्पो पुनेलको अध्यक्षतामा गठित धोर्जे विष्ट हरिनारायण श्रेष्ठ, मोहन पुनेल र श्रीमती थार्पा लामाको कार्यसमितिद्वारा न्यूयोर्क अमेरिकामा यो संस्था विधिवत रुपमा दर्ता भएको हो । यस पूर्व पनि अमेरिका स्थित ग्याल्सुम्दो बासीहरूले स्वेक्षाले आर्थिक संकलन गरी कोष मार्फत लोसार चाड र अन्य सामाजिक गतिविधिहरु संचालन गर्दै आएका थिए भने संकलित रकम दर्ता भएको संस्थाको नाममा बैंकमा दाखिला गरिएको थियो ।

ग्याल्सुम्दो सेवा संस्था, अमेरिका


Youtube Collection