Post PicPost Pic

उद्देश्य अनुरुप सञ्चालित गतिविधिहरू 2013-2014

  • दानाक्यू गाउँमा निर्माणाधीन गुम्बाको लागि चन्दा संकलन कार्य सम्पन्न । संकलित रकम जम्मा $ 11802 गुम्बा निर्माण समिति दानाक्यूको नाउँमा बैंक मार्फत wire ट्रान्सफर गरि पठाईएको छ । OCT-10-2013
    मनाङ् नेपाली बाल संस्थाको सहयोगार्थ र यस संस्थाबाट $120 चन्दा बापत उपलब्ध गराईएको छ । OCT-14-2013
    न्यु योर्क भैलो साँझ कार्यक्रम सम्पन्न, संकलित आम्दानी रकम $2339 बैंक दाखिला । Nov-3-2013

    घर खरिद गरेको सुखद उपलक्षमा बधाई ज्ञापन गरि खादा अर्पण कार्यक्रम विभिन्न समयमा सम्पन्न ।

      नाङगचेन
    सोनाम छिरिङ लामा + याङचेन ल्हमू $101  
    कृष्ण गुरुङ + इंमाया गुरुङ $115  
    कसांङ लामा + कुन्ती लामा $205  
    सैराप दोर्जे लामा + किप्पा लामा $151  
    स्व. आभा दोर्जे डोमा लामाको बार्षिकी पूजा (धुईरिन) समाप्ति बापत छोरीहरु क्रमश: साबि कसजु र ल्हमू लामालाई संस्थाको तर्फबाट खादा अर्पण । नाङगचेन
    $101

     

    लामो समयदेखि अस्वस्थ भै बिरामी परेका सदस्यहरुलाई आबश्यक सहयोको निमित्त संस्थाको तर्फबाट प्रत्यक्ष भेटघाट सम्पन्न ।
    संस्थाको बहालवाला सदस्यको मृतु भएको खण्डमा आजिबन तथा साधारण सदस्यबाट प्रति व्यक्ति $100 संकलन गरि मृतकको काजक्रिया तथा अन्य आवश्यक खर्च गर्ने पूर्व निर्णय बमोजिम स्व. श्री पेम्बा लामाको लागि संकलित रकम जम्मा $15,847 मध्ये बौद्धिक परम्परा अनुसार पूजापाठ तथा Funeral खर्च लगायत शब नेपाल पठाउने व्यवस्थाको लागि जम्मा खर्च $9,633.61 कटाई बाँकी रकम $6,211.39 मात्र मृतककी छोरी सुश्री छिरिङ लामालाई बुझाईयो ।
    मृतकका स्व. पेम्बा लामाको नाउँमा आगामी दुई बर्ष 2014-2015 सम्म मनाङ जिल्लाबाट S . L . C . परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कार दिनको लागि यस संस्थामा अनुरोधका साथ $1270 मृतकका छोरी सुश्री छिरिङ लामाबाट संस्थामा प्राप्त ।
    लोसार छेपा 1 कार्यक्रम (March 2 , 2014 ) का दिन संस्थाका जेष्ठ सदस्य श्री लाक्पा छिरिङ लामाबाट खादा लगाई SHERPA KYIDUK GUMBA मा परम्परागत नाचगान गरी धुमधामका संग सम्पन्न ।
    Losar Party - April 5, 2014
  • - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -- - -
  • नेपालस्थित ग्याल्सुम्दो सेवा संस्थाद्वारा काठमाडौंमा निर्माणाधीन गुम्बाको लागि हालसम्म दुई पटक गरी जम्मा चौध हजार अमेरिकी डलर आर्थिक सहयोग पुर्‍याएको
    नेपालस्थित ग्याल्सुन्दो समाजभित्र एकता, आपसी समझदारी र सौहार्द वातावरण सिर्जना होस् भन्ने उद्देश्यले सन् २०१० मा दुई लाख पचास हजार ने.रु. (२,५०,००० नेरु) उपलब्ध गराएको
    प्रत्येक वर्ष लोसार मनाउने क्रममा छेवा एक का दिन जेष्ठ सदस्यद्वारा सम्पूर्ण सदस्यहरूलाई खाता पहिराई नयाँ वर्षको शुभकामना र आशिर्वाद प्रदान गर्ने कार्यक्रम सञ्चालनको लागि संस्थाले आफ्नो कोषबाट खर्च गर्दै आएको छ । हालसम्म (सन् २०११) थोंचेका श्री सम्टु लामा र चामेका श्री पेम्बालामाद्वारा अन्य सदस्यहरूले खाता ग्रहण गरिसकेका छन्।
    लोसार चाडको महत्व र मनोरञ्जनको आभास अमरिका स्थित अन्य संघसंस्थाहरूबीच पनि आदानप्रदान होस् भन्ने उद्देश्यले परम्परागत स्वागत गीतगीत 'स्वीमा' र नृत्य 'स्याब्री' का साथ अन्य सांस्कृतिक कार्यक्रम ग्याल्सुम्दो लोसार साँझ आयोजना गर्दै आएको छ।
    अन्य संघसंस्थाहरूको विविध कार्यक्रममा सहभागिता र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) र NRNA, USA मा पनि आबद्ध हुँदै आएको छ । छिरिङ राप्के लामा ज्यूले हाल यी दुबै संस्थामा ग्याल्सुम्दो सेवा संस्थाको प्रतिनिधित्व गर्दै आउनु भएको छ।
    नेपालमा ग्याल्सुम्दो समुदायमा शिक्षा क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थानीय केन्द्रबाट एस.एल.सी. परीक्षामा उत्तीर्ण प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई प्रमाणपत्र सहित पुरस्कार स्वरुप अमेरिकी डलर ३००, २०० र १०० प्रदान गर्दै आएको ।


    हालसम्मको विवरण
  • SLC, YEAR 2067
  • NAME SCHOOL
    1.ASHISH THAPA Shree LokPriya Higher Secondary School, Chame, Manang.
    2.ARJUN B.KA. Shree Annapurna Secondary School, Manang, Manang.
    3.NISHA TAMANG Shree Annapurna Secondary School, Manang, Manang.

  • SLC, YEAR 2066
  • NAME SCHOOL
    1.DHAN BAHADUR GHALE Shree LokPriya Higher Secondary School, Chame, Manang.
    2.BINOD GURUNG Shree Prakash Jyoti Higher Secondary School, Thonche, Manang.
    3.DIRESH GURUNG Shree Prakash Jyoti Higher Secondary School, Thonche, Manang.


  • SLC, YEAR 2065
  • NAME SCHOOL
    1.MINGMAR GURUNG Shree Annapurna Secondary School, Manang, Manang.
    2.KARMA TASHI GHALE Shree Annapurna Secondary School, Manang, Manang.
    3.SONAM PUNEL Shree Prakash Jyoti Higher Secondary School, Thonche, Manang.

  • संस्थाका सदस्यहरूबीच आपसी समझदारी सहयोग र भाइचाराको नाता र सम्बन्ध वृद्धि होस् भन्ने उद्देश्यले लेवर डे (Labor Day) का दिन सार्वजनिक पार्कमा खेलकूद, नाचगान तथा भोज (Picnic) को व्यवस्था गर्नुका साथै प्रजातान्त्रिक मनोवृद्धिको विकासको लागि साधारण सदस्यहरू र कार्यकारिणी सदस्यहरूबीच सौहार्दपूर्ण वातावरणमा प्रश्नोत्तर, राय सुझावको कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक दुई वर्षमा सोही दिन साधारण सभाले नयाँ कार्य समिति पनि गठन गर्ने व्यवस्था गरेको छ ।
    ग्याल्सुम्दो युवा टोलीको खेलकुद क्षेत्रमा दर्शाएको अभिरुचि र सफलतालाई मध्य नजर राख्दै संस्थाले आवश्यक आर्थिक सहयोग प्रदान गर्दै आएको छ । संस्थाका सक्रिय खेलाडी श्री धरप धोर्चेको नेतृत्वमा फुटबलमा ग्याल्सुम्दो सेवा संस्थाले पटकपटक शील्ड तथा पदक हासिल गरिसकेको छ ।

  • विवरण
  • POSITION GAME
    1st place

    United Sherpa Association Champion, 2010

    2nd place
    28TH ANA Convention held at BOSTON, 2010
    1st place Federation of Indigenous People of Nepal in America Inc., Central Committee, NY Soccer Champion, September, 2010
    1st place

    New York Champions League, 2009

    1st place United Sherpa Association Annual Tournament, 2009
    1st place
    United Sherpa Association Summer Games, 2008

  • शुभविवाह, जन्म दिन मनाउने अवसर लगायत मर्दापर्दाका विविध गतिविधिहरूमा आवश्यक संस्थागत सहयोग प्रदान गर्दै आएको

Achievements

Gyalsumdo Sewa Sanstha Inc., USA is the first community organization life member of www.usnepalonline.com